पोखरा–४ का पुरुषमा कोरोना, गण्डकीमा ११ संक्रमित थपिए

समाधान संवाददाता २०७७ साउन २२ गते ८:००

समाधान संवाददाता, पोखरा

Advertisement

गण्डकी प्रदेशभर ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न ३ प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बिहीबार बिहान कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र नवलपुरमा ३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका १ संक्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षे पुरुष हुन् ।

Advertisement

आज थपिएकासहित गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय ६६ पुगेको छ । संक्रमितमध्ये १३ सय ६२ जना निको भएको निर्देशनालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया