१ ताेला सुनलाई १ लाख २ हजार ५ सय

समाधान संवाददाता २०७७ साउन २२ गते ११:४५

समाधान संवाददाता

Advertisement

नेपालमा पहेलाे धातु सुनकाे मूल्यले दिन दिनै नयाँ रेकर्ड कायम गरिरहेकाे छ । बुधबार एक ताेलालाई लाख नाघेकाे सुनकाे मूल्य बिहीबार ११ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ।

बुधबार एक लाख एक हजार चार सयमा कारोबार भएको सुन आज एक लाख २ हजार ५ सयमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।

Advertisement

यसअघि सुनको मुल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ।

आज चाँदीको मूल्य १३ सय ४५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

Advertisement

चाँदी अघिल्लो दिनको तुलनमा बिहीबार ५० रुपैयाँले बढी छ। बुधबार चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ।

तपाईको प्रतिक्रिया