१ ताेला सुनलाई १ लाख २ हजार ५ सय

समाधान संवाददाता
नेपालमा पहेलाे धातु सुनकाे मूल्यले दिन दिनै नयाँ रेकर्ड कायम गरिरहेकाे छ । बुधबार एक ताेलालाई लाख नाघेकाे सुनकाे मूल्य बिहीबार ११ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ।
बुधबार एक लाख एक हजार चार सयमा कारोबार भएको सुन आज एक लाख २ हजार ५ सयमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।
यसअघि सुनको मुल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ।
आज चाँदीको मूल्य १३ सय ४५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
चाँदी अघिल्लो दिनको तुलनमा बिहीबार ५० रुपैयाँले बढी छ। बुधबार चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ।








अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया