अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

वासिङ्टन, (रासस–सिन्ह्वा)
अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी सिर्जना भएको छ । यो वृद्धि जुन महिनाको भन्दा पनि कम भएको हो ।
अमेरिकी रोजगारी मापन गर्ने अटोम्याटिक डेटा प्रसेसिङ (एपीडी) का अनुसार अमेरिकाका सबै किसिमका व्यवसाय र क्षेत्रमा कोभिड–१९ को असर देखिएको र यसले लामो समयसम्म प्रभाव सिर्जना गर्नेछ ।
जुलाईमा ठूला कम्पनीहरुले एक ला २९ हजार तथा साना कम्पनीहरुले ६३ हजार रोजगारी सिर्जना गरेका थिए । तर मध्यम किसिमका व्यवसायबाट २५ हजारको रोजगारी गुमेको थियो । कोरोनाभाइरसका कारण लकडाउन गरिएपछि संयुक्तराज्य अमेरिकामा गत मार्च महिनामा तीन लाख दुई हजार रोजगारी गुम्ने पूर्वानुमान गरिएको थियो ।
अप्रिल महिनामा निजी क्षेत्रले झण्डै दुई करोड रोजगारी कटौती गरेका थिए । अमेरिकी श्रम विभागले निजी र सरकारी दुबै क्षेत्रबाट भएको रोजगारीको मासिक प्रतिबेदन दुई दिनभित्र सार्वजनिक गर्दैछ ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया