१३ किलो सलह समातेर लिए नगद

समाधान संवाददाता २०७७ साउन २३ गते ६:२६

स्याङ्जा

Advertisement

सलह किराको नियन्त्रणका एक किलोको ३ सय दिने घोषण गरेको आँधीखोला गाउँपालिकाले ५ जनालाई पुरस्कृत गरेको छ । बाली मास्ने गरी गाउँमा सलह कीरा गाउँमा बसेपछि १३ किलो सलह छोपेर ल्याउने ८ जना युवालाई नगदसहित पुरस्कृत गरेको हो ।

गाउँपालिकाले सलह नियन्त्रणका लागि असार १५ गते सूचना निकालेर १ किलोको ३ सय दिने निर्णय गरेको थियो । निर्णय अनुसार आँधीखोला गाउँपालिका २ पोखरचौरका ८ जना युवालाई ३ हजार ९ सय रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।

Advertisement

सलह कीरा छोपेर पालिकालको कृषि शाखामा बुझाएपछि प्रोत्साहन स्वरुप नगद प्रदान गरेको पौडेलले सुनाए । सलह कीरा नियन्त्रणमा ल्याउन नसके अन्न बाली सखाप पार्ने भएकाले किसानलाई जागरूक बनाउन सलह कीरा छोपेर ल्याउनेलाई पैसा दिएको पौडेलले जनाए ।

गाउँमा आएर लगाएको बाली कोदो तथा तरकारी खान थालेपछि सलह कीरा छोपेको बताउँदै स्थानीय सविना सापकोटाले गाउँपालिकाले निर्णय अनुसारको सहयोग गरेको जानकारी दिइन् ।

Advertisement

यसअघि सलह छोपेर ल्याए बापत साउन ४ गते यहाँका ४ बालबालिकाले चार सय ग्राम सलह समातेर १ सय २० रुपैयाँ प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया