भारतीय पेन्सन क्याम्पले दियाे महानगरलाई स्वास्थ्य सामग्री

पोखरा
पाेखरा महानगरपालिकालाई भारतीय पेन्सन क्याम्प पोखराले स्वास्थ्य सामग्री सहयोग गरेको छ । पेन्सन वितरण कार्यालय पोखराका प्रमुख सेनानी शशांक त्रिपाठीले पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । पेन्सन क्यामले १ सय थान पञ्जा र १ सय थान गम्बुट प्रदान गरेको हो ।
महानगर प्रमुख जिसीले कोरोना भाइरसको संक्रमणविरुद्ध लडाइँमा क्याम्पले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै लकडाउन खुले पनि संक्रमण नसकिएको बताउँदै थप सजक र सर्तक बन्नुपर्नेमा जोड दिए ।
भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख सेनानी शशांक त्रिपाठीले कोरोना नियन्त्रणमा सानो भएपनि आफ्नो तर्फबाट केही सहयोग गरौं भन्ने उद्देश्यले सहयोग गरेको बताए ।
उनले यसअघि पोखरा महानगरको वडा नम्बर १० र १५ मा खाद्यान्न वितरण गरेको बताए । उनले जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामग्री प्रदान गरेको सुनाए । कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बरालले स्वास्थ्य सामग्री प्रदानले कोरोना संक्रमण नियन्त्रमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तस्बिर : पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई स्वास्थ्य सामग्री हस्तान्तण गदै भारतीय पेन्सन क्याम पोखराका प्रमुख सेनानी शशाँक त्रिपाठी ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया