मुक्तिनाथ र हाउस अफ इन्टेरियरको सहकार्य
समाधान संवाददाता
२०७७ साउन २४ गते ११:१३
पोखरा
मुक्तिनाथ विकास बैंक लिमिटेड कमलादी र हाउस अफ इन्टेरियर सुकेधारा, काठमाडौंबीच बैंकका ग्राहकलाई कम्पनीले दिने सेवामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा हाउस अफ इन्टेरियरका प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरे ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ इन्टेरियरका सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३८ वटा शाखामार्फत ग्राहकका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया