वीरेन्द्र स्मृति पार्कको साधारणसभा

समाधान संवाददाता २०७७ साउन २४ गते १७:३३

पोखरा

Advertisement

पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले विकास भन्दैमा सरकार वा वडा मिलेर मात्र नहुने बताएकी छिन् ।

शनिबार नदीपुरमा आयोजित वीरेन्द्र स्मृति पार्क संरक्षण समितिको साधारणसभा कार्यक्रममा उपमेयर गुरुङले समाज विकास र निर्माणको काम आम नागरिक तथा सरकार मिलेर मात्र सम्भव हुने बताएकी हुन् ।

Advertisement

स्थानीयले विकास निर्माणको कामका लागि कुनै सही र राम्रो योजना प्रस्तुत गर्न सके महानगरपालिका सहयोगका लागि सधै तत्पर रहेको समेत बताएकी छिन् ।

संस्थाका अध्यक्ष बसन्तलाल कतिलाले स्मृति पार्क संरक्षण समितिले पार्क निमार्ण कार्यमा गरेको संघर्षको बारेमा बताए । उनले पार्कले वडाको पनि सुन्दरता झल्काउने बताएका छन् । पार्क निमार्णधिन अवस्थामै भएपनि यसको संरक्षणको लागि आफूहरु कटिबद्ध रुपमा लाग्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Advertisement


त्यस्तै वढा नम्बर ३ का वडाध्यक्ष रविनसन प्रजुले पार्कको निर्माणमा वडाले सहयोग गर्ने बताए । पार्क निर्माण भइसकेपछि समेत संरक्षण गर्नु चुनौती रहेको भन्दै उनले सुरक्षाका लागि सर्वासधारणले समेत ध्यान दिनुपर्ने बताएका छन् ।  

कार्यक्रमको अवसरमा महानगरपालिकाकी उपमेयर गुरुङ तथा वडाध्यक्ष प्रजुले पार्कमा समी र पीपलको बोट रोपेका थिए ।

कार्यक्रममा नारायणथान मन्दिरका पुजारी पुष्पराज लामिछानेलाई सम्मान गरिएको थियो । हाल स्मृति पार्कको संरचना निर्माण कार्य सकिएको छैन । संरचना सक्न महानगरसँगै संरक्षण समिति लागिपरेको छ ।

तपाईको प्रतिक्रिया