समुदायका ६ जनामा कोरोना पोजेटिभ, गाउँमा त्रास
स्याङ्जा
पुतलीबजार नगरपालिका १३ मा समुदायमा कोरोना भेटिएपछि स्थानीय त्रसित भएका छन् ।
यसअघि ७ जनामा कोरोना देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका ९३ जनाको स्वाब लिएर पिसिआर टेस्ट गर्दा दुई बालक सहित छ जनामा कोरोना देखिएपछि त्रास फैलिएको हो ।
साउन ४ गते जुवा मुद्दामा पक्राउ परेका एक युवकबाट आफ्ना परिवार हुँदै छिमेकमा कोरोना पुगेको हो । यहाँको हल्लेखोलामा २ जना, लाम्पाटा तीन जना र सिस्नेरीमा एक जनामा कोरानो संक्रमण भेटिएको छ ।
संक्रमण देखिएका बालकहरु यसअघि कोरोना पोजेटिभ देखिएका परिवारका सदस्य हुन् भने चार जना समुदायका नयाँ व्यक्ति रहेको
पुतलीबजार नगरपालिका स्वास्थ्य प्रमुख विष्णु काफ्ले जानकारी दिए ।
तीन चरणामा समुदायका व्यक्तिमा पुगेको बताउँदै काफ्लेले अब अन्तिमपटक प्रत्यक्ष सम्पर्कमा रहेकाको स्वाब लिएर परीक्षण गरिने बताए । चौथो चरणमा पनि कोरोना नियन्त्रणमा नभएमा सबै टोलमा पुगरे सबैको स्वाब लिनुपर्ने र भयावह अवस्था आउन सक्ने सुनाए ।
प्रहरीबाट छुटेर घरमा क्वारेन्टाइनमा नसबी बाहिर डुल्दा र सबैलाई भेट्दा अहिलेको अवास्था आएको वडाले बताएको छ । समुदायका ६ सहित कालिगण्डकीको क्वारेन्टाइनको एक गरी स्याङ्जामा २९१ जनामा संक्रमण देखिएको छ ।
तीस जना घर फर्के
कोरोना संक्रमितको संख्या बढी रहँदा यहाँ थप ३० जनाले एकै दिन कोरोना जितेर घर फर्केका छन् । भिरकोट १ को कालिका आइसोलेसन अस्पतालमा बसेका २२ जना प्रहरी र आठ जना अन्यले कोरोना जितेका हुन् ।
यहाँ २३१ ज्नाले कोरोना माथि जीत हात पारेका छन् भने २ जनाको कोरोनाकै कारण निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माले बताए । यहाँका छ वटा आइसोलेनमा ५८ जना कोरोना सङक्रमित रहेको शर्माले सुनाए ।
तपाईको प्रतिक्रिया