अवैध युरिया मल बरामद

समाधान संवाददाता २०७७ साउन २४ गते १९:५१

रासस, नवलपरासी ।

Advertisement

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) प्रहरीले आज ठूलो मात्रामा अवैध युरिया मल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको गस्ती टोलीले सोधपुछको क्रममा रामग्राम नगरपालिका–५ बाइपासचोकबाट दुई बोलेरो पिकअप गाडीसहित रु २१ लाख चार हजार ३०० बराबरको मल बरामद गरेको हो ।

Advertisement

महेशपुरबाट परासीतर्फ आउँदै गरेका ना४च ८३८८ र ना५च २९२६ नंको बोलेरो पिकअप रोकी सोधपुछ गर्ने क्रममा दुवै सवारी साधनबाट गरी १४९ बोरा अवैध युरिया मल ओसारपसार गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो ।

मलसँग सम्बन्धित कुनै पनि कागजात फेला नपरेपछि चालकसहित पिकअप र युरिया मल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

बरामद मल प्रतिबोरा ५० केजीका दरले १४९ बोरामा सात हजार ४५० केजी रहेको छ । बरामद युरिया मलको बजार मूल्य प्रतिबोरा रु ७०० का दरले रु एक लाख चार हजार ३०० र प्रति पिकअप रु १० लाखका दरले दुई वटाको रु २० लाख गरी कूल २१ लाख चार हजार ३०० को सामान बरामद भएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

बरामद गरिएको मल भारतबाट अवैधरूपमा भित्र्याई पोखरातर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ । नियन्त्रणमा लिएको दुई पिकअप, दुई चालक र १४९ बोरा युरिया मल आजै आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

ब्राउन सुगरसहित एक पक्राउ तुलसीपुर– दाङमा ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आज ७१० मिलीग्राम ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी २३ वर्षीय विराज विकलाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाका आधारमा खोजतलास गर्दा उनलाई दिउँसो ४ बजेतिर पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया