पोखरा १६ र १९ मा लकडाउन !

समाधान संवाददाता २०७७ साउन २५ गते ५:५५

पोखरा

Advertisement

कोभिड १९ संक्रमणलाई ख्याल गर्दै पोखराका २ वटा वडाले अत्यावश्यक सेवा र व्यवसाय एवं कामबाहेकका लागि घर बाहिर ननिस्कन वडाबासीलाई आग्रह गरेका छन् । पोखरा १६ र १९ ले यस्तो आग्रह गरेका हुन् ।

हालै लामाचौर भक्तिपथका एकजनामा कोभिड १९ संक्रमण पुष्टि भएको र उनीसँगको सम्पर्कका ६ जनालाई पनि संक्रमण पुष्टि भएपछि वडाहरुले सतर्कताका लागि अपिल गरेका छन् ।

Advertisement

स्थानीय बासिन्दा, स्वास्थ्यकर्मीसमेतको बैठकले नै सामाजिक दुरी कायम गर्ने, भेला नगर्ने, चहलपहल नगर्ने, लगायत निर्णय गरेको वडाध्यक्षहरु क्रमशः जीवन आचार्य र शोभामोहन पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वडामा संक्रमण फैलन नदिने यस्तो निर्णय गर्नुपरेको उनीहरुको भनाइ छ ।

घरघरमै रहन वडाबासीलाई वडाध्यक्षहरुले आग्रह गरेका छन् । ‘अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन, अत्यावश्यक सेवाका व्यवसाय बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न र भौतिक दुरी कायम गर्न अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया