पोखरा १६ र १९ मा लकडाउन !

पोखरा
कोभिड १९ संक्रमणलाई ख्याल गर्दै पोखराका २ वटा वडाले अत्यावश्यक सेवा र व्यवसाय एवं कामबाहेकका लागि घर बाहिर ननिस्कन वडाबासीलाई आग्रह गरेका छन् । पोखरा १६ र १९ ले यस्तो आग्रह गरेका हुन् ।
हालै लामाचौर भक्तिपथका एकजनामा कोभिड १९ संक्रमण पुष्टि भएको र उनीसँगको सम्पर्कका ६ जनालाई पनि संक्रमण पुष्टि भएपछि वडाहरुले सतर्कताका लागि अपिल गरेका छन् ।
स्थानीय बासिन्दा, स्वास्थ्यकर्मीसमेतको बैठकले नै सामाजिक दुरी कायम गर्ने, भेला नगर्ने, चहलपहल नगर्ने, लगायत निर्णय गरेको वडाध्यक्षहरु क्रमशः जीवन आचार्य र शोभामोहन पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वडामा संक्रमण फैलन नदिने यस्तो निर्णय गर्नुपरेको उनीहरुको भनाइ छ ।
घरघरमै रहन वडाबासीलाई वडाध्यक्षहरुले आग्रह गरेका छन् । ‘अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन, अत्यावश्यक सेवाका व्यवसाय बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न र भौतिक दुरी कायम गर्न अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।








एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया