भारतले नेपाललाई दियाे १० आइसियु भेन्टिलेटर

रासस, काठमाण्डाैं ।
कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ ।
नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रदान गर्नुभयो ।
मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।
हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्घ रहेको बताउनुभयो । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गर्नुभयो ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया