पोखरामा २ सहित गण्डकीमा ८ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ साउन २६ गते १२:१६

समाधान संवाददाता
पोखरा महानगर पालिकामा २ जना सहित गण्डकी अञ्चलमा सोमबार अर्थात आज थप ८ जना कोरोना भाइरस संक्रमण भएका मानिस थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर पालिका वडा नम्बर ५ का ३७ बर्षीय एक पुरुष र वडा नम्बर २६ की ४० बर्षीया एक महिलामा कोरोना भाइरस संक्रमण भएको पाइएको हो । उनीहरुको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै नवलपुरको गैडाकोटका २ जना, तनहँुको भानु र बन्दिपुरमा १–१ जना, स्याङ्जाको गल्याङ र पर्वतको मोदी गाउ पालिकाका एक एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोा संक्रमितको संख्या १ हजार ६ सय २० पुगेको छ भने १ हजार ४ सय ७० जना सन्चो भए्रर घर फर्किसकेका छन् । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण ३ जनाको ज्यान गएको छ ।
सम्बन्धित







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया