पोखराको लामाचौर क्षेत्र सिल गर्न सिफारिस, निर्णय हुँदै

समाधान संवाददाता, पोखरा
पोखराका वडा १६ र १९ का केही क्षेत्र सिल गर्ने तयारीका साथ जिल्ला विपद् व्यवस्थापन केन्द्रलाई महानगरले सिफारिस पठाएको छ ।
पोखरा १९ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण शनिबार राति उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठानमा निधन भएपछि समुदायस्तरमा काेराेना फैलिएकाे आंशका सहित स्थिती नियन्त्रणमा लिन महानगरले सिल गर्ने तयारी गरेको हो ।
पुरै वडा नभई केही क्षेत्रलाई मात्र सिल गर्न जिल्लामा आइतबार सिफारिस पठाइएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । सिल भएको अवस्थामा अत्यावश्यक बाहेकका सेवा उक्त क्षेत्रमा सञ्चालन हुन पाउने छैनन् ।
‘सिल गर्ने भनिएको क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको छ,’ उनले भने, ‘तैपनि उक्त क्षेत्रलाई संवेदनशील रुपमा हेरिएको हुँदा सिल गर्न सिफारिस पठाएका छौं ।’
महानगरले पठाएको सिफारिस उपर निर्णय हुन बाँकी रहेको सहायक सिडिओ तथा सूचना अधिकारी श्रीनाथ पौडेलले समाधानलाई बताए ।
‘सम्भवतः आज (सोमबार) साँझसम्म बैठक बसेर निर्णय होला,’ उनले भने, ‘सिल भइसकेको अवस्थामा के गर्न पाइने÷नपाइने जानकारी एकसाथ दिन्छौं ।’
शनिबार राति मृत्यु भएका पुरुष सच्चाई केन्द्र प्रमुख थिए । उनले आफ्नै घरमा मान्छे भेला गराएर केन्द्र सञ्चालन गर्दै आएका थिए । उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ जारी रहेको महानगरले जनाएको छ ।
कुनकुन क्षेत्र हुनेछन् सिल
महानगरका मेयर मानबहादुर जिसीले सिडिओलाई पठाएको पत्रअनुसार पोखरा १६ दीपचोकदेखि पोखरा १९ लामाचौर हुँदै भुनपरेसम्मको मुख्य सडकको वरपर क्षेत्र सिल गर्न सिफारिस गरिएको छ ।
भक्तिपथ, सहर डहर, भण्डारी डहर, खत्री डहर, उपल्लो लामाचौर, चनौटे मार्ग, गेरीखोर, ढाड, एल एन्जल स्कुल (साविक लामाचौर १ देखि ६)लाई कम्तीमा १ हप्ताको लागि सिलबन्दी गर्न सिफारिसमा उल्लेख छ ।







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया