पोखरा महानगरका कर्मचारी कोरोना संक्रमित, वडा नम्बर २७ काे कार्यालय सिल

समाधान संवाददाता
पोखरा महानगर पालिकाका एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको पाईएको छ ।
सोमबार पोखरामा संक्रमित पाइएका २ जना मध्ये एक जना महानगर पालिकाका कर्मचारी हुन् । महानगर पालिकाको वडा नम्बर २७ स्थित वडा कार्यालयमाा कार्यरत एक महिला कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको महानगर श्रोतले जानकारी दियो ।
वडा नम्बर २७ को वडा कार्यलयको राजस्व शाखामा कार्यरत ४० बर्षीया महिला कर्मचारीको स्वाब रिपोर्ट पोजेटिभ आएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विहान यसको पुष्टी गरेको छ ।
ती महिला कर्मचारीको रिपोर्ट पोजेटिभ आए लगत्तै वडा नम्बर २७ को वडा कार्यालय सिल गरिएको छ । ‘५ दिनका लागि वडा कार्यालय बन्द गरिएको छ ।’ महानगर पालिकाका एक अधिकृतले समाधानलाई बताए ।
महानगरकाे २७ वडा कार्यालयमा कार्यरत भएपनि ती महिला कर्मचारीकाे घर भने पाेखरा महानगर वडा नम्बर २६ काे बुढी बजारमा हाे ।
अहिले उनको कन्ट्याक्टमा आएका मानिसहरुको पहिचान गर्ने र उनीहरुको स्वाब परिक्षण गर्ने तयारी भैरहेको छ । राजस्व शाखामा कार्यरत कर्मचारी भएकाले त्रास बढेको छ ।
पछिल्लो अवधिमा राजस्व कार्यालयमा गएका र ती महिला कर्मचारीको सम्पर्कमा रहेका सबै वडावासी सेवाग्राहीलाई आइसोलेशनमा बस्न र सम्पर्कमा आउन पनि ती अधिकृतले महानगरको तर्फबाट आग्रह गरेका छन् ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया