पोखरा महानगरका कर्मचारी कोरोना संक्रमित, वडा नम्बर २७ काे कार्यालय सिल

समाधान संवाददाता २०७७ साउन २६ गते १२:४४

समाधान संवाददाता

Advertisement

पोखरा महानगर पालिकाका एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको पाईएको छ ।

सोमबार पोखरामा संक्रमित पाइएका २ जना मध्ये एक जना महानगर पालिकाका कर्मचारी हुन् । महानगर पालिकाको वडा नम्बर २७ स्थित वडा कार्यालयमाा कार्यरत एक महिला कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको महानगर श्रोतले जानकारी दियो ।

Advertisement

वडा नम्बर २७ को वडा कार्यलयको राजस्व शाखामा कार्यरत ४० बर्षीया महिला कर्मचारीको स्वाब रिपोर्ट पोजेटिभ आएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विहान यसको पुष्टी गरेको छ ।

ती महिला कर्मचारीको रिपोर्ट पोजेटिभ आए लगत्तै वडा नम्बर २७ को वडा कार्यालय सिल गरिएको छ । ‘५ दिनका लागि वडा कार्यालय बन्द गरिएको छ ।’ महानगर पालिकाका एक अधिकृतले समाधानलाई बताए ।

Advertisement

महानगरकाे २७ वडा कार्यालयमा कार्यरत भएपनि ती महिला कर्मचारीकाे घर भने पाेखरा महानगर वडा नम्बर २६ काे बुढी बजारमा हाे ।

अहिले उनको कन्ट्याक्टमा आएका मानिसहरुको पहिचान गर्ने र उनीहरुको स्वाब परिक्षण गर्ने तयारी भैरहेको छ । राजस्व शाखामा कार्यरत कर्मचारी भएकाले त्रास बढेको छ ।

पछिल्लो अवधिमा राजस्व कार्यालयमा गएका र ती महिला कर्मचारीको सम्पर्कमा रहेका सबै वडावासी सेवाग्राहीलाई आइसोलेशनमा बस्न र सम्पर्कमा आउन पनि ती अधिकृतले महानगरको तर्फबाट आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया