मास्क प्रयोग नगर्ने ४ लाख व्यक्ति कारबाहीमा

काठमाडाैं
सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो ।
अनुमति विना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६०० सवारी साधन र करीब १९ हजार ४०० यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।
यस्तै तोकिएको निर्देशन विपरीत हालसम्म सवारी चलाउने करीब एक लाख ३७ हजार दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई होल्ड गर्नाका साथै जोरबिजोर प्रणाली नमान्ने पाँच हजार ३०० सवारी साधनलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोभिड–१९ को बढ्दो सङ्क्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाइपूर्वक कारबाही गर्ने कार्य निरन्तर जारी रहेको जनाएको छ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रहसमेत गरेको छ । गृह मन्त्रालयले यातायातमा जोरबिजोर प्रणालीको पालना गर्ने, अनिवार्यरुपमा माक्सको प्रयोग गर्नेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सबैलाई निर्देशनसमेत दिएको छ । रासस









अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
बेनीको तोरीपानीमा ‘सयपत्री होमस्टे’ : आँगनबाटै हिमाल, १५ सयमै प्याकेज
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया