काठमाण्डौंमा कोरोना संक्रमित पुरुषको मृत्यु

समाधान संवाददाता २०७७ साउन २६ गते १४:४२

समाधान संवाददाता

Advertisement

काठमाडाैंको मेडिसिटी अस्पतालमा उपचाररत् कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

कीर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीय ती पुरुषको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

Advertisement

उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो। मृतक पुरूषमा भाइरल निमोनिया र पुरानो मुधमेहको समस्या पनि रहेको गेलालले जनाए।

योसँग कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ। आजै वीरगन्जमा ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया