गोरखामा थपिए ३ संक्रमित
समाधान संवाददाता
२०७७ साउन २६ गते १७:३६
समाधान संवाददाता, पोखरा
गोरखाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गोरखा नगरपालिकाका २ पुरुष र १ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १६ सय २३ पुगेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमितमध्ये १४ सय ७० जना निको भएका छन् भने ५ को मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया