भदौ मसान्तसम्म लामो दुरीकाे यातायात, हवाई सेवा र विद्यार्थी भर्ना बन्द

काठमाडौं
सरकारले भदौ १ गतेदेखि सञ्चालन गर्ने भनेको लामो दुरीकाे यातायात सेवा र हवाई उडान भदौ मसान्तसम्म बन्द राख्ने निर्णय गरेको छ ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । भदौ १ गतेदेखि लामो दुरीका सवारीसाधन र हवाई उडान सुरु गर्ने तयारी गरेको भए पनि त्यसलाई पनि रोक लगाइएको छ ।
सरकारले यसअघि गरेको निर्णयअनुसार भदौ १ गतेबाट विद्यार्थी भर्ना लिन सकिने भनिएकाे थियो । तर सोमबारको निर्णयअनुसार भदौ १ गतेबाट गर्ने भनिएका सबै काम भदौ मसान्तसम्म लम्ब्याइएको छ ।
भदौ १ गतेदेखि सञ्चालन गर्ने गरी अनुमति प्रदान गरिएका छोटा, मध्यम र लामो दूरीमा अन्तरजिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडानहरु, प्रशिक्षण खेलकुद, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा संचालनजस्ता कार्यहरु आगामी भदौ मसान्तसम्म स्थगित गर्न सिसिएमसीले सरकारलाई सिफारिस गरेको थियो । सोहीअनुसार सरकारले निर्णय गरेको हाे ।
सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् निर्णयका बारेमा मंगलबार जानकारी गराउने बताउँदै मंगलबारदेखि नै कार्यान्वयन हुने कुनै पनि निर्णय नगरिएको जनाए ।
मन्त्रिपरिषद्ले भारतबाट प्रवेश गर्ने नाका २० बाट घटाएर १० झार्ने निर्णय पनि लिएको छ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया