ह्वाइटहाउसबाहिर गोली चल्यो

समाधान संवाददाता २०७७ साउन २७ गते ६:३९

न्युयाेर्क, एजेन्सी

Advertisement

ह्वाइटहाउसबाहिर गोली चलेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित प्रेस ब्रिफिङमा सम्बोधन गरिरहेका बेला गोली चलेको थियो।

घटनापछि सुरक्षाकर्मीहरुले तत्कालै ट्रम्पलाई पत्रकार सम्मेलनस्थलबाट बाहिर लगेका थिए। नौ मिनेटपछि फर्किएका ट्रम्पले पत्रकारसँग भने,‘स्थिति नियन्त्रणमा छ।’ उनले अमेरिकी गुप्तचर सेवाका सुरक्षाकर्मीहरुले कुनै हतियारधारी संदिग्धमाथि गोली चलाएको बताए।

Advertisement

ट्रम्पले यस घटनामा कस्तो व्यक्तिको संलग्नता थियो भन्ने विषयमा आफूलाई थाहा नभएको पनि बताए।

घटनापछि संदिग्ध मानिसलाई अस्पताल लगिएको बताइएको छ भने ट्रम्पलाई सुरक्षित रुपमा उनको निवास लगिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया