चेम्बरको पर्यटन विभाग गठन

समाधान संवाददाता २०७७ साउन २७ गते ६:४४

समाधान संवाददाता
पोखरा

Advertisement

पर्यटन व्यवसायीहरुको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्की अन्तर्गत पर्यटन विभाग गठन गरेको छ । विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी, कोषाध्यक्षमा रवि आचार्य छन् ।

सदस्यहरुमा दीपकप्रसाद सापकोटा रेशम गौतम, देवराज अधिकारी र लक्ष्मी कोइराला चुनिएका थिए । विभागको सल्लाहकारमा दील गौतम, उपेन्द्र अधिकारी र सुवास भण्डारी छन् ।

Advertisement

पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष किसान सुनारले कोरोना भाइरसको कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्नको लागि तीन तहको सरकारले ध्यान दिनुपर्ने बताए ।

सरकारले हालै जारी गरेको मौद्रिक नीतिले पर्यटनसँग जोडिएका सवाललाई सम्बोधन गरेको दाबी गर्दै अध्यक्ष सुनारले मौद्रिक नीतिले व्यवस्था गरेका सुविधालाई बैंक तथा वित्तीय संस्थाहरुले ध्यान नदिएको धारणा राखे ।

Advertisement

चेम्बरको मागअनुसार मौद्रिक नीतिमा पर्यटन क्षेत्रलाई पुनर्कर्जा र सहुलियत कोषको जानकारी दिँदै अध्यक्ष सुनारले बैंक तथा वित्तीय संस्थाले ब्याजमा छुट नदिए कार्यान्वयनको लागि चेम्बरले दबाब र पहल कदमी गर्ने उल्लेख गरे ।

उनले पोखरालाई पर्यटनको राजधानी बनाउने व्यवसायीको अभियानलाई चेम्बरको साथ र समर्थन रहेको बताए । अध्यक्ष सुनारले पर्यटन विभाग वस्तुगत संघसंस्थाहरुको प्रतिनिधिमूलक सहभागतामा कास्कीका सबै क्षेत्रलाई समेटेर बनाएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया