खौलालाँकुरीकाेआकस्मिक सहयोग कोष

समाधान संवाददाता २०७७ साउन २७ गते ७:००

पोखरा

Advertisement

खौलालाँकुरी–पोखरा सम्पर्क समाज पोखराले आकस्मिक सहयोग कोष सञ्चालनमा ल्याएको छ । समाजको शनिवारको कार्यसमिति बैठकले हाललाई १ लाख रुपैया“को कोष स्थापना गरेको हो । कोषमा रकम थपिँदै जाने समाजका अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले बताए ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१३ मा स्थायी बसोबास गर्ने वा उक्त स्थानबाट पोखरा आई बसेका स्थानीयमा आइपर्ने विभिन्न विपद् तथा समस्यामा थोरै मात्रामा भए पनि आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको हो । बाढीपहिरो, आगजनी, भूकम्प, भूक्षय, सडकलगायत अन्य आकस्मिक दुर्घटनामा पीडित र विभिन्न प्रकारका दीर्घरोगीलाई कोषबाट आर्थिक सहयोग गरिनेछ ।

Advertisement

समाजका उपाध्यक्ष हीरालाल विश्वकर्माका अनुसार कोष सञ्चालनका लागि कार्यविधि पनि तयार भइसकेको छ । विभिन्न सहयोगीद्वारा प्राप्त सहयोग, समाजको आजीवन सदस्यता र साधारण सदस्यतास्वरुप प्राप्त रकमबाट कोष स्थापना गरी सञ्चालनमा ल्याइएको हो । समाजले उक्त कोषमा आर्थिक सहयोग गर्नका लागि सबैसमक्ष अनुरोध पनि गरेको सचिव लालप्रसाद शर्माले बताए ।

समाज कुश्मा नगरपालिका–१३ बाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था हो । एक वर्षअघि मात्र समाज जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएर आफ्नो उद्देश्यमा क्रियाशील रहेको अध्यक्ष क्षेत्रीको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया