लायन्स सिमलचाैतारीकाे कार्यक्रममा १ सय २१ युनिट रगत संकलन

पोखरा
लायन्स क्लब अफ पोखरा सिमल चौतारीको आयोजनामा शनिबार भएको कार्यक्रममा १ सय २१ युनिट रगत संकलन भएको छ ।
कोरोनाको महामारीले रगतको अभाव भएपछि क्लबको सक्रियताका उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा डिस्ट्रिक्ट ब्लड डोनेसन कमिटी डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माले प्रोत्सहनस्वरुप क्बललाई ५ हजार रुपैयाँ प्रदान गरे । यो वर्ष एकल रुपमा रक्तदान कार्यक्रम गर्नेलार्ए हौसलास्वरुप ५ हजार रुपैयाँ प्रदान गर्ने डिस्ट्रिक्ले घोषणा गरेको छ ।
डिपार्टमेन्ट चिफ शर्माले रक्तदाता विमला अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले अमूल्य रगत दान दिएर अरु कसैको जीवन बचाउने कार्य निकै महत्वपूर्ण भएको बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्की का सभापति डोलराज पाण्डे, पोखरा महानगर पालिकाका वडा नं ८ का जानप्रतिनिधि किरण गौतम र लक्ष्मी कौशल, समाजसेवी एवं पोखरा महानगर पालिकाका वडा नं. ८ का पूर्व वडा अध्यक्ष वीरेन्द्रनारायण विजुक्च्छे लगायतले उक्त अवसरमा बोलेका थिए ।
क्लब अध्यक्ष कृष्णमान ठूसाजुको सभापतित्वमा भएको कार्यक्रम कार्यक्रम संयोजन क्लबका कोषाध्यक्ष विक्रम खिचाजु, सञ्चालन क्लबका सचिव पंकज पौडेलले गरेका थिए ।









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया