चोकोफन रोल्स बजारमा

समाधान संवाददाता २०७७ साउन २७ गते १२:१७


पोखरा, २७ साउन (समाधान)—सुजल फुड्स प्रालिले वेफर रोल्स अन्तर्गत चक्लेटको स्वादमा चोकोफन रोल्स वैफर बजारमा ल्याएको छ । चोकोफन रोल्स नेपालमै पहिलोपटक बेक्ड वैफर रोल्स हो ।

Advertisement


‘यो रोल्स बाहिरी भाग अत्यन्तै क्रिप्सी छ र भित्री भाग क्रिमी छ, जसको क्रिम अत्यन्तै उत्कृष्ट र स्वादिस्ट छ,’ कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


चोकोफन रोल्स, क्रन्ची वैफर र स्वादिस्ट चक्लेट फ्लेबरयुक्त क्रिमको समिश्रण भएकाले खाँदा मुखमा नै क्रिम पग्लिने कम्पनीले जनाएको छ । यसलाई चिया, कफीका साथै सलादमा र आइसक्रिमसँग उपभोग गर्न सकिन्छ ।

Advertisement

अन्तर्राष्ट्रिय गुणस्तरको स्वादिष्ट फ्लेवर प्रयोग गरी बजारमा ल्याएको हो । आकर्षक प्याकेजिङका साथै एउटा जारमा ४० पिस छ ।
यो चक्लेट उत्पादन मितिको १२ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । १३ ग्रामको चक्लेटको मूल्य १० रुपैयाँ राखिएको छ । चक्लेट उपभोक्ताको मन जित्न सफल हुने विश्वास कम्पनीले गरेको छ ।


अन्तर्राष्ट्रिय गुणस्तरको स्वादिस्ट फ्लेबर प्रयोग गरी संसारकै अत्याधुनिक वैफर रोल्स उत्पादन प्रविधि र अत्याधुनिक मेसिनरीबाट स्वस्थकर वातावरणमा उत्पादित चोकोफन रोल्स गुणस्तरीय र हरेक उत्पादनमा एकरुपमा रहेको कम्पनीको दाबी छ ।

Advertisement

‘चोकोफन रोल्स आकर्षक प्याकेजिङमा छ, एउटा जारमा ४० पिस छ र जसलाई मेटालिक र्‍यापरले प्याक गरिएको छ, त्यसैले यसको उपभोग गर्दा यो स्वस्थकर र यसको क्रिप्सीनेस यथावत रहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कन्फेक्सनरी जगतको पोखरामा बनेको नम्बर १ ब्रान्ड चोकोफन अन्तर्गत ल्याइएको चोकोफन रोल्स चक्लेट को क्रिस्पी वैफर तथा स्वादिष्ट चोकोलेट क्रिम को अनुपम स्वादले हरेक उपभोक्ताको मन जित्ने र उनीहरुमाझ लोकप्रिय हुने कुरामा सुजल फुड्सले विश्वास लिएको छ ।’

तपाईको प्रतिक्रिया