रुसले बनायो कोरोना भाइरसको भ्याक्सिन, पुटिनकी छोरीलाई दिइयो पहिलो डोज

एजेन्सी
विश्वभर महामारीका रुपमा फलिएको कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाइको रुसले दावी गरेको छ । रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले कोरोना भाइरसको पहिलो भ्याक्सिन रुसले बनाएको घोषणा गरेका छन् ।
अहिलेसम्म औषधी पत्ता लाग्न नसकेको अवस्थामा यो ठुलो उपलब्धी हो । त्यसैले रुसका राष्ट्रपतिले नै खोप पत्ता लागेको जानकारी सार्बजनिक गरेका हुन् ।
राष्ट्रपति पुटिनका अनुसार रुसको स्वास्थ्य मन्त्रालयले यो भ्याक्सिनलाई अनुमती दिइसकेको छ । त्यसैले यसको पहिलो डोज राष्ट्रपति पुटिनकै छोरीलाई लगाइएको छ । यसको जानकारी पनि पुटिनले नै दिएका छन् ।
उनले अब रुसले ठुलो परिणाममा भ्याक्सिन उत्पादन थाल्ने बताएका छन् । रुसमा आम मानिसका लागि आगामी बर्षको जनवरी महिनाबाटै खोप उपलब्ध गराउने प्रतिबद्धता पनि राष्ट्रपति पुटिनले व्यक्त गरेका छन् ।
अहिलेसम्म औषधी पत्ता लाग्न नसकेको यो भाइरसको विरुद्धमा खोप बनाउनका लागि अमेरिका, बेलायत, युरोपियन युनियन, चिन, भारत लगायतका देशका वैज्ञानिकहरु जुटरहेका थिए । तर यसको पहिलो उपलब्धी रुसले हात पारेको छ ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया