पोखरामा थपिए ११ संक्रमित
समाधान संवाददाता
२०७७ साउन २७ गते १७:२७
समाधान संवाददाता, पोखरा
पोखरामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा मंगलबार ९ महिला र २ पुरुषमा पोजेटिभ देखिएको हो ।
पोखरा ९ का ६, पोखरा १९ का ४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । १ संक्रमितको भने वडा खुलेको छैन ।
आज नै स्याङ्जाको पुतलीबजार नगरपालिकामा ६ संक्रमित थपिएका छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ४८ पुगेको छ ।
संक्रमितमध्ये १४ सय ९३ जना निको भएका छन् भने ५ को मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया