सच्चाई अगुवा र प्रहरीकाे सम्पर्कका व्यक्तिमा काेराेना पुष्टि

समाधान संवाददाता २०७७ साउन २७ गते १७:५५

समाधान संवाददाता
पोखरा

Advertisement

कोरोनाबाट मृत्यु भएका पोखराका पुरुषको सम्पर्कका ४ जनामा कोरोना पुष्टि भएको छ । गत २४ साउनमा मृत्यु भएका पोखरा–१९ का ६२ वर्षे पुरुषको कन्ट्याक ट्रेसिङमा परेका ४ महिलामा म‌ंगलबार कोरोना पोजेटिभ देखिएको हो ।

घरमा सच्चाई केन्द्र चलाउँदै आएका पुरुष कोरोना पुष्टि भएपछि १७ साउनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएका थिए । आइसियुमा उपचार गराइरहेका बेला उनको मृत्यु भएको थियो । यसअघि उनकै सम्पर्कका ६ जनामा २३ साउनमा कोरोना पुष्टि भएको थियो ।

Advertisement

साथै पोखरामा पहिलोपटक कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कका ७ जनामा पनि कोरोना पुष्टि भएको छ । पोखरा–३ नदीपुर बिटमा कार्यरत हवल्दारमा गत २१ साउनमा कोरोना पोजेटिभ देखिएको थियो ।

‘बिमार परेपछि आफन्तकहाँ गएका रहेछन् । कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब लिँदा पोजेटिभ देखियो,’ महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने ।

Advertisement

पोखरामा मंगलबारसम्म १ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १ सय ७ संक्रमित निको भएका छन् भने १ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया