सडक हिलाम्ये भएपछि वडाध्यक्षलाई गमबुट उपहार

समाधान संवाददाता २०७७ साउन २८ गते १३:२२

पोखरा

Advertisement

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर २८ समितिले विभिन्न विषयमा ध्यानाकर्षण गर्दै कार्यवाहक वडाध्यक्षलाई पत्र बुझाएको छ । वडाभित्र भएका विभिन्न विकासका क्षेत्रहरुमा अनियमितता भएको कांग्रेसको आरोप छ ।

करोडौं रुपैयाँ खर्च गरेर निर्माणाधी राखी मिजुरे सडकखण्डमा हिलो र खाल्डाखुल्डी भएकोमा पनि कांग्रेसले मंगलबार पत्रमार्फत ध्यानाकर्षण गराएको छ ।

Advertisement

त्यसैको विरोध स्वरुप कांग्रेस वडासमिति उपाध्यक्ष शिवबहादुर अधिकारी नेतृत्व टोलीले वडाध्यक्षलाई गमबुट उपहार दिएको छ । ‘जनताका छोराछोरी हिलोमै कुल्चेर विद्यालय, शहर घुम्न गए पनि वडाध्यक्ष हिलो नलागी त्यो बाटोको आवतजावत गरुन् भनेर वडा अध्यक्षलाई गम्बुट उपहार दिएका हौं,’ टोलीका एक सदस्यले भने ।

कालिका मन्दिर संरक्षण क्षेत्रको पोखरी संरक्षणका निम्ति बर्सेनि ५÷५ लाख रुपैयाँ बजेट छुट्टिए पनि पोखरी बन्नुको सट्टा अस्तित्व नै लोप हुने खतरा भएको कांग्रेसले बताएको छ ।

Advertisement

राखी मिजुरे सडकखण्ड निर्माणका क्रममा सडकको आवश्यक मापदण्ड पूरा नभएको पनि उसको भनाइ छ । जनज्योति माविलाई राजनीतिक भर्ती केन्द्र बनाइएको कांग्रेस वडा समिति उपसभापति शिवबहादुर अधिकारीले बताएका छन् ।

कांग्रेसको ध्यानाकर्षण पत्र गमबुट कार्यवहाक वडाध्यक्ष विष्णुप्रसाद तिवारीलाई बुझाइएको थियो ।

तपाईको प्रतिक्रिया