पाेखरामा ७२ वर्षीया वृद्धासहित १७ जुवाडे पक्राउ

समाधान संवाददाता, पोखरा
पोखरा १० मिलनटोलस्थित ज्ञानु हमालको डेराबाट १७ जुवाडेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जुवाताल खेलिरहेको सूचनाको आधारमा अनुसन्धान गर्दा बुधबार दिउँसो साढे ४ बजे प्रहरीको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । घटनास्थलबाट १ लाख २ हजार ४ सय ९० रुपैयाँ नगद, तास बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।
पक्राउ पर्नेमा कोठा डेरामा लिने ५० वर्षीया ज्ञानु हमाल, ५७ वर्षीय भु बहादुर गुरुङ, ५० वर्षीया अस्मिता गुरुङ, ५२ वर्षीय डम्बरबहादुर गुरुङ, ५८ वर्षीय बलबहादुर गुरुङ, ४२ वर्षीया ईन्द्रा गुरुङ, ६२ वर्षीय राधेश्याम भुजेल, ५६ वर्षीय मनबहादुर गुरुङ, ३४ वर्षीया हिमकुमारी गुरुङ, ४६ वर्षीया ईन्द्रा राई, ७२ वर्षीया केशकुमारी गुरुङ, ४८ वर्षीया राजलक्ष्मी राई, ५९ वर्षीया सुककुमारी गुरुङ, ३५ वर्षीया सीता नेपाली, ३९ वर्षीय लिलमान थापा, ५१ वर्षीय यमबहादुर गुरुङ र ४० वर्षीय विनोद गुरुङ छन् ।
पक्राउ पर्ने विरुद्ध सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन ७ म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता हमालले जानकारी दिए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया