मुस्ताङ एयरपोर्टमा ‘वेलकम टु जोमसोम’

समाधान संवाददाता २०७७ साउन २९ गते २०:३९

एसके थकाली, जाोमसोम

Advertisement

मुस्ताङको एकमात्र जोमसोम विमानस्थलमा पछिल्लो समय निकै परिवर्तन आएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड—१९) का कारण गत चैत ११ गतेदेखि बन्द विमानस्थलमा जोमसोम नागरिक उड्डयन कार्यालयले पर्यटक आतिथ्यता र विमानस्थलको सौन्दर्यकरणका लागि विभिन्न साजसज्जा गरेको छ ।

Advertisement

मुस्ताङ घुम्न आउने पर्यटकले जोमसोम विमानमा ओर्लिएपछि विमानस्थलको साविक स्वरुप भन्दा नयाँ अनुभूति गर्नसक्ने जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक विकले जानकारी दिए ।

जोमसोम विमानस्थलमा ओर्लिएका पर्यटकले कालोपत्रे धावनमार्ग नजिकै ढुंगा र सिमेन्टले बनाइएको कलात्मक अक्षर वेलकम टु जोमसोम लेखिएको आकृति देख्न सक्ने छन् ।

Advertisement

नेपालको राष्ट्रिय झन्डासहित विभिन्न रङका ७ वटा झन्डा राखिएको कार्यालय प्रमुख विकले बताए ।

अब कोरोना भाइरस सामान्य भइ पोखरा—जोमसोम उडान सञ्चालन भएपछि विमानस्थल उत्रने पर्यटकले वेककम टु जोमसोम र ७ वटा झन्डाको ब्याकग्राउन्ड प्रोफाइल राखेर तस्बिर खिच्न मिल्ने व्यवस्था मिलाइएको छ ।

विमानस्थलको उत्तरतर्फ फर्किंदा आउने बाटोमा दुर्लभ हिमचितुवाको कलात्मक तस्बिर सजाइएको छ ।

हिमचितुवा हिमाली जिल्लाको महत्वपूर्ण वन्यजन्तु भएकाले यहाँको जैविक सम्पदाको परिचय प्रवाह गर्न विमानस्थलले सानो प्रयास गरेको कार्यालय प्रमुख विकको भनाइ छ ।

कार्यालयले लकडाउनको समयलाई सदुपयोग गर्दै विमानस्थलको आन्तरिक सजावटमा पहल गरेको जनाएको छ ।

कार्यालयले विमानस्थल कालोपत्रे धावनमार्ग मुख्यद्वार आसपास धुपीका रुखहरुको कटिङ र साजसज्जा गरेको छ । त्यस आसपास दुबो र फूलहरु रोपेर बगैचा व्यवस्थापन समेत गरेको छ ।

जोमसोम नागरिक उड्डयन कार्यालयले लकडाउनको ४ महिने अवधिमा विमानस्थलको आन्तरिक सजावटसमेत गरेको छ । यसअघि जोमसोम विमानस्थलको स्तरोन्नति भई पूरै रनवे कालोपत्रे भएको थियो ।

विमानस्थलको ढलहरुको व्यवस्थापन भएको छ । जोमसोम विमानस्थलमा नागरिक उड्डयन कार्यालयले गतवर्ष एकथान वारुणययन्त्रसमेत उपलब्ध गराइसकेको छ ।

तपाईको प्रतिक्रिया