कास्की प्रहरीले नष्ट गर्यो घरेलु मदिरा
समाधान संवाददाता
पोखरा, २९ साउन
कास्की प्रहरीले घरेलु मदिरा र उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ । पोखरा र आसपासका क्षेत्रबाट १० लिटर घरेलु मदिरा र ४ सय लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला पारी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
धादिङ बैरेनी गाउँपालिका ३ घर भई पोखरा ११ फुलबारीस्थित चन्द्रकुमारी गुरुङको घरमा डेरा गरी बस्ने सुन्तली श्रेष्ठको डेराकोठाबाट १ सय ५० लिटर मदिराजन्य कच्चा पदार्थ बरामद भएको थियो ।
वडा प्रहरी कार्यालय रामबजारको टोलीले चिनी र मर्चा सहितको उक्त पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।
सोही ठाउँबाट राधिका थापामगरको डेराबाट पनि १ सय ५० लिटर मदिराजन्य कच्चा पदार्थ र १० लिटर तयारी मदिरा नष्ट गरेको कास्की प्रहरीले जनाएको छ ।
रामबजारबाटै खटिएको प्रहरी टोलीले पोखरा १४ मनकामनाटोल बस्ने टेकबहादुर गुरुङको घरबाट घरेलु मदिरा बनाउन तयारी अवस्थामा राखेको सय लिटर कोदो मर्चा र चिनाी मिसाएको कच्चा पदार्थ नष्ट गरेको छ ।
तपाईको प्रतिक्रिया