एनसेलको ‘अल्ट्रा वाइफाई सिम प्लस’

मासिक ४३० मा डेटासहितका सेवा
काठमाडौं
घर तथा साना कार्यालयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झटरहित र सुलभ वाइफाई सेवा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी (लङटर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ ।
अल्ट्रा वाइफाई सिम प्लस उपभोक्ताका लागि मासिक ४० जिबी डेटा भोलुम बन्डलसहितको एक विशेष सिम कार्ड हो । वाइफाई सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले यो सेवा अन्तर्गत २ वटा सिम पाउँछन् जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रुपमा पाइन्छ ।
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको कम्पनीले जानकारी दिएको छ ।
ग्राहकले यस योजना अन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्यान्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मिफी डिभाइस वा वायरलेस डिभाइसमा सिम राखी डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्छन् । ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखेपछि सबैभन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुन्छ र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाई सेवा उपलब्ध हुनेछ ।
‘सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताका लागि बन्डल सेवासहित सुलभ र झन्झटरहित ‘अल्ट्रा वाइफाई सिम प्लस’ योजना ल्याउन पाएकोमा हामी हर्षित छौं,’ एनसेल आजियाटाका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘घर तथा साना व्यवसाय लक्षित यस सेवाले धेरै भन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं ।’
यो सेवाको शुल्क वार्षिक शुल्क योजना अन्तर्गत कर बाहेक मासिक ४३० रुपैयाँ छ । ग्राहकले यस अल्ट्रा वाइफाई सिम प्लस सेवामा मासिक ४० जिबी वायरफ्री प्लस डेटा पाउँछन् । यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जिबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने २ वटा फोरजी सिम पाउँछन् ।
हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विशेषता हो । यसअघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोगमार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरे डेटा सेवाको आवश्यकता रहेका ग्राहकलाई ध्यानमा राखी ४० भन्दा बढी जिल्लाहरुमा उपलब्ध हुने गरी आकर्षक वायरफ्री प्लस वाइफाई सेवा सञ्चालनमा ल्याएको थियो । यो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवासहितको बन्डल सेवा पाउँछन् ।
अल्ट्रा वाइफाई सिम प्लस सेवा अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरिनसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाई, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एन्डलेस कुराकानी प्लस र सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीको उद्देश्य छ ।
इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर गई आवश्यक प्रक्रिया पुर्याइ सजिलैसँग यो सिम लिन सक्छन् । यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजियाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् ।
अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।









लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया