हेभी इक्युपमेन्ट अपरेटर संघबाट सहयोग

समाधान संवाददाता २०७७ साउन ३० गते ७:११

पोखरा

Advertisement

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीले विहिबार पोखरा–१० अमरसिंह चोकमा अवस्थित व्यवसायी संघको कार्यालयमा २ जना अपरेटर र हेल्पर का परिवारलाई नगद १ लाख ५० हजारका दरले आर्थिक सहयोग गरेको छ ।

एलाइट कन्ट्रक्सनको मेसिनले पर्वतमा मोटर बाटो बनाउने क्रममा करिब १ वर्ष अगाडि मेसिनमा खराबी आएपछि मेसिन मर्मत गर्ने क्रममा प्युठान झिमरुक गाउँपालिकाका महेन्द्र जिसीको दुर्घटनामा परी उपचारको क्रममा निधन भएको थियो ।

Advertisement

म्याग्दी जिल्ला धवलागिरी गापा –४ खिवाङका शेरबहादुर पुन हिलापोखरीमा मोटर बाटो बनाउने क्रममा क्याड मेशिनलाई ढिस्कोले पुरेर घटनास्थलमै निधन भएको थियो ।

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष सुशीलकुमार शर्माले दुर्घटना न्यूनीकरणका लागि हरदम प्रयासका कार्यक्रमहरु ल्याइए पनि कहिलेकाहिँ यस्ता दुःखद् घटनाहरु घटेको सुनाए । ‘जसले गर्दा परिवारको आर्थिक बोझलाई झन समस्यामा परेको छ । हाम्रो संस्थाको यो सानो सहयोगले केही मात्रामा भएपनि पीडित परिवारलाई सहयोग पुग्ने अपेक्षासहित यो सहयोग गरिएको हो,’ उनले भने ।

Advertisement

संस्थामा रहेका सम्पूर्ण आजीवन सदस्यहरुको दुर्घटना बिमा र कोभिड १९ बिमा गरिएको र संस्थाका नयाँ सदस्य तथा नवीकरण भएका सदस्य हरुको प्रतिव्यक्ति ५ लाखका दरले दुर्घटना बिमा गरिएको शर्माले बताए । आगामी दिनमा पनि सम्पूर्ण मेसिन चालक, सहचालक गोलबद्ध भई अगाडि बढेमा आफ्ना समस्यालाई समाधान गर्न सहज हुने अध्यक्ष शर्माले जानकारी दिए ।

त्यसैगरी अपरेटर तथा सहचालकहरु हरपल जोखिममा काम गर्नुपर्ने भएको हुँदा अपरेटरहरुको आधिकारिक संस्थामा आवद्ध भई काम गरेमा उनीहरुको समस्यालाई समाधान गर्न पनि सहज हुने बताएका छन् ।

विभिन्न जिल्लामा रहेका संस्थाहरुले आफ्ना सदस्यहरुलाई एकीकृत गरी उनीहरुको समस्या र समाधानमा जुट्न शर्माले अनुरोध गरेका थिए । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका सचिव उमानाथ आचार्यले कार्यक्रमको सञ्चालन गरेका । संस्थाका अध्यक्ष सुशीलकुमार वाग्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो । निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हेभी इक्युपमेन्ट व्यवसायी निश्चल पोखरेल विशेष अतिथि थिए ।

तपाईको प्रतिक्रिया