अनिश्चित भदौ १ र अन्योलमा लाखौं विद्यार्थी

सन्तोष आचार्य
कोभिड १९ को महामारीले विश्व मानव जातिलाई नै निरीह बनाइरहेको छ । यसै सन्र्दभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतकै शैक्षिक गतिविधिमा प्रत्यक्ष असर परेको छ । हाम्रो देशको पहिलो प्राथमिकतामा कहिल्यै नपरेको शिक्षा नीति, कार्यक्रम तथा कार्यान्वयन प्रक्रियाले यस पटक झनै गम्भीर अवस्था सिर्जना भएको छ । कोरोना संक्रमणले नेपालका विद्यालय तथा शैक्षिक संस्थाहरू चैत्र दोस्रो हप्ताबाट ठप्प छन् ।
के राज्यसँग भदौ १ गतेबाट कोरोना संक्रमणको दर कम हुने कुनै वैज्ञानिक आधार थियो र ?
यदाकदा वैकल्पिक अभ्यासको प्रयास भएता पनि विद्यार्थी तहसम्मको यसको सिकाइ प्रभावकारिताको मूल्यांकन कार्य जटिल बनेको छ । भर्चुअल क्लास आम विद्यार्थीको पहुँच भन्दा बाहिरको विषय पनि हो । विपन्नमा विद्यार्थी तथा अविभावकमा मनोवैज्ञानिक त्रास देखिएको छ । विविध अन्योलका बीच विगत १ महिना अगाडिबाटैे भदौ १ गतेबाट भर्ना प्रक्रिया शुरु हुने र बाँकी नतिजा पनि प्रकाशन गरिने खबरहरु हेडलाइन बने ।
के राज्यसँग भदौ १ गतेबाट कोरोना संक्रमणको दर कम हुने कुनै वैज्ञानिक आधार थियो र ? वा अब ढिलो नै भइसक्यो भनेर मात्र कोरोना संक्रमणका बीच नै भर्ना प्रक्रियालाई अगाडि बढाउने निर्णय गरियो ? कोराना संक्रमण बिच नै भर्ना प्रक्रियालाई सहज हुन दिइयो भने लकडाउनको अन्त्य सँगै किन दिइएन निर्देशन भन्ने प्रश्न उठ्नु स्वाभाविक देखिन आउँछ । हाल आएर दैनिक रुपमा बढिरहेको संक्रमण तथा तथ्यांकले यही पुष्टि गर्छ कि नेपालका सबै प्रदेश, जिल्ला, र स्थानीय तहहरूको कोराना संक्रमणको अवस्था फरक छ ।
यस्तो परिस्थीतिमा वैज्ञानिक आधार नभएको भाद्र १ को भर्ना प्रक्रियाले स्थानीय तह, विद्यालय, अभिभावक र विद्यार्थीहरु अन्योलपूर्ण वातावरण सिर्जना गराएको छ । नेपालको भौगोलिक, सामाजिक–सांस्कृतिक, आर्थिक विभिन्नताकै बीच विविधता व्यवस्थापन तथा सन्तुलित विकासका लागि तिन तहको संघियता लागु त भयो ।
संविधानका अनुसुचिमा तिनै तहका एकल तथा साझा अधिकार लिपिबद्ध गरियो ।
विद्यालयबाट हुने अबका क्रियाकलापमा आवश्यक थर्मल गन, फेस सिल, सेनिटाइजर, मास्क, पन्जा जस्ता न्यूनतम आवश्यकता पूर्तिका लागि बजेटको विनियोजनमा कुनै छलफल भएको देखिँदैन ।
तर संघीय सरकारले सम्प्रेषण गर्ने सूचना तथा फरक–फरक अभिव्यक्तिले काम गर्न नचाहने कर्मचारी र विद्यालय फर्कन नचाहने शिक्षकलाई राहत महसुस भएको त होला तर शैक्षिक क्षतिको चिन्तामा रहेका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीलाई भने पटकपटक सोच्न बाध्य बनाएकोछ । संघीय सरकारको सूचनाको प्रभाव स्थानीय तहका शिक्षा शाखाहरुलाई प्रत्यक्ष परेको देख्न सकिन्छ । कोभिड १९ कै बिच स्थानीय सरकारले बजेट तथा काार्यक्रम गाउँ सभा तथा नगर सभाबाट पास गरिसकेको छ । सरोकार वाला पक्षसँग आवश्यक छलफल लगभग शन्य प्राय देखिन्छ ।
प्रधानाध्यापक तथा शिक्षा शाखाबीचको समन्वय न्यून छ । वैकल्पिक शिक्षालाई कसरी अघि बढाउने, शिक्षक विद्यार्थी, कर्मचारी र अभिभावकलाई कसरी सुरक्षित राख्ने ।
विद्यालयबाट हुने अबका क्रियाकलापमा आवश्यक थर्मल गन, फेस सिल, सेनिटाइजर, मास्क, पन्जा जस्ता न्यूनतम आवश्यकता पूर्तिका लागि बजेटको विनियोजनमा कुनै छलफल भएको देखिँदैन । अझ अन्योल थपेको छ ।
संघीय सरकारको भदौ १ गतेको विद्यालय खोल्ने घोषणाले । अझै भदौ १ नै मान्ने हो या क्षेत्रगत संक्रमण स्वीकार गर्दै स्थानिय तहलाई नै सम्भावित क्रियाकलापहरु अघि बढाउन पहल गर्ने नगर्ने हो ? राज्यका जिम्मेवार तहमा रहनेले नै मनन गर्नुपर्ने अवस्था आएको छ । हुन त संघीय सरकारले विद्यालय खोले कारबाहीको दायरमा सम्म पनि ल्याउन सक्ने नीति छ ।
यद्यपि स्थानीय तहलाई तथा विद्यालयलाई के–कस्ता निर्णय गर्न छुट छ । त्यस सम्बन्धमा स्पस्ट निर्देशन हुन आवश्यक देखिन्छ । काठमाडौं तथा तराई क्षेत्रमा फैलिएको संक्रमणलाई पहाडी तथा हिमाली जिल्लामा पनि उस्तै छ झैं गरेर संघीय एकीकृत नीति तथा कार्यक्रममा बाध्य पार्नु उचित हैन कि ? संघीय सरकारले मित्रराष्ट्र चीनले जस्तै रेडजोन पहिचान गरी शैक्षिक तथा आर्थिक गतिविधि सञ्चालन गर्ने नगर्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन्छ । सो सम्बन्धमा स्थानीय तहलाई अधिकार निक्षेपण गर्नुपर्ने देखिन्छ ।
विद्यालय व्यवस्थापक, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थी सबैले कोरोना संक्रमण सम्बन्धमाा सचेत रहनुपर्छ ।
विद्यालय, स्थानीय तह तथा प्रदेश सरकारले स्थानीय सम्भाव्यता अध्ययन गरी वैकल्पिक शैक्षिक कार्यक्रम सुचारु गर्नु आवश्यक देखिन्छ । जुन संघीयताको मूल मर्म बमोजिम हुन आउँछ । हामीले नगरे कसले गर्ने, आजैबाट नगरे कहिले गर्ने ?
(आचार्य माछापुच्छ्रे मावि माछापुच्छ्रे २ कास्कीका प्रधानाध्यापक हुन् ।)








ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया