नेकपाकाे विवाद मिलाउन कार्यदल गठन, ३ नेताका २–२ जना सदस्य

समाधान संवाददाता २०७७ साउन ३० गते १३:४४

समाधान संवाददाता

Advertisement

शीर्ष तीन नेताका २–२ जना सदस्य रहने गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदल गठन गर्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार वार्ता भएकाे हाे । विहीबार पनि दुइ जनाबीच लामै कुराकानी भएकाे थियाे । हिजै उनीहरुबीच कार्यदल गठन गर्ने सहमति भएकाे थियाे ।

Advertisement

कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् । यी मध्ये पाैडेल र पाेखरेल ओली पक्षका नेता हुन् भने रावल र पाण्डे माधव नेपाल समुहका हुन् । प्रचण्ड पक्षबाट शर्मा र भुषाल सदस्य छन् ।

कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताएका छन् । समस्या समाधान गर्नका लागि याे ठुलाे उपलब्धी भएकाे नेकपा नेताहरुले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया