भीमफेदी–कुलेखानी सुरुङ मार्ग र पुष्पलाल चक्रपथ निर्माण प्रक्रिया शुरु

वाग्मती प्रदेशको उपत्यकाको तीनसहित १० जिल्ला जोड्ने पुष्पलाल चक्रपथको निर्माण र विस्तार तथा पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माणका लागि केही हप्ताभित्रै टेण्डर आह्वान गर्ने तयारी भइरहेको वाग्मती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षभित्रै पुष्पलाल चक्रपथ र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजन गरिसकेको जनाएको छ ।
मकवानपुर जिल्लाको सिमाना र बारा जिल्लाको सिमानामा पर्ने चुरियामाईमा वीरगञ्जबाट हेटौँडातर्फ राणाकालीन अवस्थामा यातायात सञ्चालनमा रहेको १०३ वर्षे पुरानो ३०० मिटर सुरुङलाई सञ्चालनमा ल्याउन पनि प्रदेश सरकारले यस वर्षका लागि बजेट विनियोजन गरिएको र विनियोजित बजेटअनुसार उक्त सुरुङमार्ग केही महिनाभित्रै सञ्चालनमा ल्याउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका अधिकृत हरिप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यले आर्थिक मामिला तथा योजना मन्त्रालयले रु १९ अर्ब ३२ करोड ५० लाख बजेट विनियोजन गर्ने सहमति दिएको भए पनि प्रदेश सरकारले चालु आवमा रु एक अर्ब बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विपिन राईले बताउनुभएको छ ।
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रियाको थालनी गर्न प्रदेश सरकारले सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समन्वय र सहकार्य गरेर केही हप्ताभित्रै निर्माणका लागि टेण्डर आह्वान गर्न गृहकार्यका साथै सम्बन्धित मन्त्रालयको मन्त्री तथा सचिवसँग परामर्श भइरहेको वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले राससलाई जानकारी दिनुभयो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया