सिन्धुपाल्चाेक पहिराेमा ५ को शव फेला, ३३ बेपत्ता

समाधान संवाददाता २०७७ साउन ३० गते १५:३८

सिन्धुपाल्चाेक

जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् ।

Advertisement

पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।

घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया