नामार्जुङ हाइड्रोका इन्जिनियर पन्त मृत भेटिए

समाधान संवाददाता २०७७ साउन ३० गते १७:२६

समाधान संवाददाता, पोखरा

Advertisement

कास्की मादी गाउँपालिका २ सेतीखोला स्थित नामार्जुङ हाइड्रोपावरमा कार्यरत सिभिल इन्जिनियर मृत फेला परेका छन् ।

गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्तको शव त्यहीँको क्युरोखोलामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Advertisement

बिहीबार राति पौने ९ बजे हाइड्रोपावरको अफिसबाट खाजा खान भनी निस्किएका पन्तको शव शुक्रबार दिउँसो १२ बजे खोलामा भेटिएको हो । पन्तको शव ढुंगामा अड्किएको अवस्थामा थियो ।

घटनाबारे अनुसन्धानका लागि टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले बताए ।

Advertisement

‘अनुसन्धानको लागि जिल्ला फरेन्सिक डाक्टरसहितको टोली घटनास्थलमा पुगेको छ,’ उनले भने ।

घटनाको अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता हमालले बताए ।

तपाईको प्रतिक्रिया