रक्तसञ्चार भवनका लागि सहयोगको प्रतिबद्धता

समाधान संवाददाता २०७७ साउन ३१ गते ७:२५

पोखरा

Advertisement

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले आफूले गरेका विभिन्न गतिविधि र कार्ययोजनाका विषयमा पोखरा महानगरपालिकाका जनप्रतिनिधिलाई जानकारी गराएको छ ।

कोभिड–१९ को संक्रमणको जोखिम र असरलाई ध्यानमा राखी ३ चरणमा सम्पन्न गर्न गइरहेको कार्यक्रमको पहिलो चरणमा शुक्रबार पोखरा महानगरपालिकाका वडा नं. १ देखि वडा नं. १२ र वडा नं. ३३ का वडा अध्यक्षहरु र वडाका प्रतिनिधिहरुलाई जानकारी गराएको कास्की शाखाका उपसभापति कृष्ण तिमिल्सिानाले बताए ।

Advertisement

कार्यक्रममा शाखाका सभापति डोलराज पाण्डेले कास्की शाखाको कार्ययोजनाका विषयमा प्रकाश पारे । ‘भविष्यमा रेडक्रसबाट सम्पादन गरिने सेवा र कार्यहरुलाई व्यवस्थित बनाउन अत्याधुनिक रक्तसञ्चार सेवासहितको रेडक्रस भवनको निर्माण कार्य चलिरहेको र निर्माण कार्यका लागि कास्की शाखासँग आन्तरिक बजेटको अभाव रहेकाले नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्पmत संघीयसरकार, गण्डकी प्रदेश सरकार र महानगरपालिकासँग समेत बजेट विनियोजनका लागि पहल भएको छ,’ पाण्डेले भने ।


उक्त अवसरमा मानवीय सेवाका लागि भवन निर्माण कार्यमा थप बजेटको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको र उक्त दायित्व पूरा गर्न स्थानीय सरकारको समेत सहयोग, सद्भाव र सहकार्यको आवश्यकता पाण्डेले औंल्याए ।

Advertisement

पोखरा महानगरपालिका अन्तर्गतका ३३ वटै वडा कार्यालयबाट बजेटको व्यवस्था गरिदिन उनको आग्रह थियो ।

उक्त अवसरमा १२ वटै वडाका वडा अध्यक्ष तथा प्रतिनिधिहरुले रेडक्रसको भूमिका, हालसम्म भएका गतिविधिहरुको समीक्षा सहित आ–आप्mना वडाहरुबाट यथासक्य बजेट व्यवस्थापन गरी सम्मानजनक सहयोग गर्ने र महानगरपालिकामा समेत पहल गर्ने प्रतिबद्धत्ता व्यक्त गरे ।

वडा नम्बर २ का रामेश्वर मल्ल, ३ का रबिन्सन प्रजु, ५ का धनबहादुर नेपाली, ६ का जगतबहादुर पहारी, ७ का रामचन्द्र बराल, ८ का रुद्रनाथ बराल, ११ का मोहनप्रसाद बास्तोला, १२ का रामबहादुर कार्की, ३३ का शिव आचार्य र वडा प्रतिनिधिहरुमा १ की सहारा प्रधान, ४ का पुष्कर श्रेष्ठ र ९ की राममाया मानन्धरले उक्त प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रम सञ्चालन शाखाका मन्त्री धर्मराज अधिकारीले गरेका थिए । दोस्रो चरणको छलफल कार्यक्रम वडा नं. १३ देखि वडा नं. २५ सम्मको आगामी भदौ १ गते सोमबार र बाँकी वडा प्रतिनिधिहरुसँगको छलफल कार्यक्रम तेस्रो चरणमा गर्ने रेडक्रस कास्कीका उपनिर्देशक खेमराज सापकोटाले जनाएका छन् ।

रेडक्रस सोसाइटी कास्की सभापति डोलराज पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु र नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालको समेत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया