सावित्री गिरीको ‘भाइरस निस्क्यो’

पोखरा
गायिका सावित्री गिरीको नयाँ गीत बजारमा आएको छ । उनले कोरोना भाइरस संक्रमण र यसबाट बँच्ने बारेमा तीज गीत बजारमा ल्याएकी हुन् ।
यसअघि पोखरामा सेती नदीमा गएको बेमौसमी बाढीको बारेमा लोक एल्वम बजारमा निकालेर चर्चा कमाएकी थिइन् ।
यो सँगै उनको मै माग्थे बलापन बोलको गीत पनि बजारमा आएको छ । पौराणिक ढाँचामा लोकलय र तप्जको भाकामामा आधारित गीत छोटो समयमै धेरैले मन पराइसकेका छन् । कास्कीको राजाको चौतारा निबासी गिरीले यसअघि अल्झिए नजर, भयो जे हुनु, सेतै फुल्यो काँस, मेलैमा सरर दोहोरी खेलैमा, मकै खायो घुनले, जस्ता लोकगीत तथा छमछ्म नाचनी हो, छाता ओझेल पारी, काठमाडाैं जाँदा, चौबन्दी चोली, सेतीबाढी, भूकम्प जस्ता भाका बजारमा ल्याइसकेकी छन् ।
त्यसैगरी गिरीका केही आधुनिक गीतहरु पनि बजारमा छन् । अहिलेसम्म चारवटा गीतमा आफ्नै शब्द संगीत र स्वर छ । बाँकी सबै गीत आफ्नो सब्द संगीतमा खड्ग गर्बुजा, राजु परियार, रामजी खाँड, विष्णु माझी, देवी घर्ती, राधिका हमाल र आफनै छोरी ज्योति गिरीले स्वर दिएकी छन् ।







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया