विरगञ्जमा थप १ काे मृत्यु

समाधान संवाददाता २०७७ साउन ३१ गते ७:५३

समाधान संवाददाता

Advertisement

तराई क्षेत्रकाे ब्यापारिक हब विरगञ्ज नेपालमा काेराेना संक्रमणकाे पनि हब बनेकाे छ । काेराेनाबाट ज्यान गुमाउने मध्ये सबै भन्दा धेरै विरगञ्जमै छन् ।

शुक्रबार राती पनि थप एक जनाकाे ज्यान काेराेना भाइरसकै कारण गएपछि विरगञ्जमा उपचारार्थ भर्ना भएका मध्याे ज्यान गुमाउनेकाे संख्या २६ पुगेकाे छ ।

Advertisement

वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको हाे ।

कोरोना संक्रमण पुष्टि भइ अस्थायी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार राती करिब ८ बजे मृत्यु भयाे ।

Advertisement

प्यारालाइसिस, मधुमेहका समेत बिरामी रहेका उनी कोरोना संक्रमण पुष्टि भइ गत साउन २७ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थिए ।

तपाईको प्रतिक्रिया