पाेखरा–८ मा २ र पाेखरा–५ का १ जनामा काेराेना संक्रमण
समाधान संवाददाता
२०७७ साउन ३१ गते ९:११

समाधान संवाददाता
पाेखरा महानगर पालिकाकाे वडा नम्बर ८ मा २ जना र पाेखरा महानगर पालिकाकै वडा नम्बर ५ मा १ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान दिएकाे जानकारी अनुसार पोखरा – ८ का ३५ वर्षीय पुरुष र १५ वर्षीया युवतीमा काेराेना संक्रमण पुष्टी भएकाे हाे । त्यस्तै
पोखरा-५ का ३९ वर्षीय पुरुष पनि काेराेनाबाट संक्रमित पाइएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार गणडकी प्रदेशमा यी सहित १० जना थपिएका छन् ।
तनहुँका २ जना, बागलुङका २ जना, गोरखा , स्याङजा र नवलपुरका १-१ गरि १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया