पाेखरामा फैलिदै काेराेना, आजै थपिए ११ संक्रमित

समाधान संवाददाता २०७७ साउन ३१ गते १३:२३

समाधान संवाददाता

Advertisement

पोखरालाई काेराेना भाइरसले बिस्तारै बिस्तारै जकड्दै लगेकाे छ । शनिबारकाे आधा दिन बित्न नपाउदै एकै दिनमा ११ जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।

शनिबार विहान ३ जनामा काेराेना भाइरस पुष्टी भएकाे जानकारी दिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले साढे ११ बजे थप ८ जनाका काेराेना भाइरस पुष्टी भएकाे जानकारी दिएकाे छ ।

Advertisement

निर्देशनालयका अनुसार पोखरा महानगर पालिकाकाे वडा नम्बर १ मा २ पुरुष, वडा नं. १० का १८ वर्षीय १ जना पुरुषा, वडा नं. १४ मा २ पुरुष, वडा नं. १७ का १ जना पुरुष र वडा नं. २७ का २ जना पुरुषमा कोरोना पुष्टि गरेकाे हाे ।

यस अघि पाेखरा ८ का २ जना पुरुष र पाेखरा ५ का एक जना पुरुषमा काेराेना भाइरस संक्रमण भएकाे विहानै पुष्टी गरिएकाे थियाे ।

Advertisement


तपाईको प्रतिक्रिया