बाग्लुङमा पहिराले घर पुरिँदा दुई बालकको मृत्यु

समाधान संवाददाता २०७७ साउन ३१ गते १५:२९

रासस, बलेवा ।

Advertisement

बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकामा घर माथिबाट आएको पहिराले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–५ बस्ने हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिरामा पुरिएर मृत्यु भएको हो ।

Advertisement

सोही पहिरामा परी ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो । सोही घरमा रहेका अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो ।

राति २ बजेको समयमा आएको पहिराले हिराबहादुर विकको घर पुरेको हो । मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए । घरमाथिबाट आएको पहिराले घर बगाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया