मोबाइल अफ गरेर बेपत्ता भए पोखराका कोरोना संक्रमित
समाधान संवाददाता
२०७७ साउन ३१ गते १५:५२
समाधान संवाददाता, पोखरा
पोखराका एक कोरोना संक्रमित बेपत्ता भएका छन् । पोखरा–१७ का ४० वर्षे पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो । उनी अहिलेसम्म सम्पर्कमा नआएको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।
बेपत्ता भएका ती संक्रमितको स्थायी घर वीरगञ्ज हो । तर उनी कामको सिलसिलमा पोखरामा बस्ने गरेका छन् ।
‘उहाँले २ दिन पहिले आफै अस्पतालमा पुगेर स्वाब दिनुभएको थियो । आज पोजेटिभ देखियो । तर मोबाइल स्वीच आफ गर्नुभएको छ,’ स्रोतले भन्यो । संक्रमितको खोजी भइरहेको छ । उनी परिवारसँग बस्थे वा एक्लै थिए भन्ने खुल्न सकेको छैन ।
अपडेट : लेकसाइडको होटलमा भेटिए बेपत्ता संक्रमित
सम्बन्धित
तपाईको प्रतिक्रिया