लेकसाइडको होटलमा भेटिए बेपत्ता संक्रमित
समाधान संवाददाता
२०७७ साउन ३१ गते १६:२१

समाधान संवाददाता, पोखरा
बेपत्ता भएका पोखराका एक कोरोना संक्रमित सम्पर्कमा आएका छन् । उनी लेकसाइडको एक होटलमा क्वारेन्टाइनमा बसेको पाइएको हो । पोखरा–१७ का ४० वर्षे पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो ।
कोरोना परीक्षणका लागि पुग्दा नम्बर उल्टो टिपाएका कारण उनीसँग पोखरा महानगरपालिका र प्रहरीले सम्पर्क गर्न सकेको थिएन । ‘नम्बर उल्टो टिपाएछन् । ४६० लेख्नुपर्नेमा ४४० भएछ । पछि नम्बर ट्रेस गर्दा होटलमा बसेको पाइयो,’ खोजीमा खटिएको टोलिका एक सदस्यले भने ।
ती संक्रमितको स्थायी घर वीरगञ्ज हो । उनी कामको सिलसिलमा पोखरामा बस्ने गरेका छन् ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया