सवारी दुर्घटनामा क्यानेडियन महिला घाइते

समाधान संवाददाता २०७७ साउन ३१ गते १७:३०

समाधान संवाददाता, पोखरा

Advertisement

स्कुटर दुर्घटनामा परी क्यानेडियन १ महिला घाइते भएकी छन् । पोखरा २५ याम्दी पुल नजिकै हेम्जातर्फ जाँदै गरेको बा६९प १४९५ नम्बरको स्कुटर अनियन्त्रि हुँदा २८ वर्षीया एलिजाबेथ रियानपोलियम घाइते भएकी हुन् ।

उनको उपचार लेकसाइडको स्विक अस्पतालमा भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उपचाररत रियानपोलियमको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

Advertisement

तपाईको प्रतिक्रिया