युवा उद्यमी मञ्चले भेट्यो मुख्यमन्त्रीलाई
समाधान संवाददाता, पोखरा
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले प्रदेश सरकारसँग सहकार्य गर्न छलफल थालेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग मञ्चका पदाधिकारीले भेट गरी युवाका विविध सवालमा मिलेर काम गर्न आग्रह गरे ।
युवालक्षित सम्पूर्ण कार्यक्रमहरुको तर्जुमा गर्दा मञ्चसँग सहकार्य गर्न आग्रह सहितको प्रस्तावना पेस गरेको एनवाइइएफ पोखरा अध्यक्ष पुनीत वैद्यले जानकारी दिए ।
मुख्यमन्त्री गुरुङले युवा उद्यमशीलता विकास तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको र एनवाइइएफ पोखरासँग सहयर्का गर्न उत्साहित रहेको बताएका थिए ।
आगामी दिनमै मञ्चसँग युवा लक्षित कार्यक्रमबारे छलफल थाल्ने मुख्यमन्त्रीले भेटमा सुनाएका थिए । छलफलमा मञ्चका केन्द्रीय अध्यक्ष प्रकाशदेव पाखिले लगायत ८ युवा उद्यमीहरुको सहभागिता रहेको प्रोग्राम चिफ निरन केसीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया