आइसोलेसनमा संक्रमितको नाचगानः ‘माछोमाछो भ्यागुतो यसपालीको तीज’

समाधान संवाददाता २०७७ साउन ३१ गते १९:५५

समाधान संवाददाता, पोखरा

Advertisement

कोरोना संक्रमण पोखरामा पनि तीव्र गतिमा फैलिइरहेको छ ।

दिनानुदिन संक्रमण दर बढेर पोखराबासी चिन्तित बनिरहेकै बेलामा भने आइसोलेसनमा रहेका संक्रमितले नाचगानमा समय बिताएर स्फूर्ति बढाइरहेका छन् ।

Advertisement

संक्रमितको मनोबल उच्च बनाउन योगा, व्यायाम, काउन्सिलिङ जस्ता प्रयोग देशका विभिन्न आइसोलेसन सेन्टरमा भइरहेका छन् ।

गण्डकी प्रदेश सरकारको पोखरा ३० मोहरियास्थित सरुवा रोग अस्पतालमा रहेका कोरोना संक्रमितहरुले भने आफ्नो मनोबल बढाउन नाचगानलाई माध्यम बनाएको देख्न सकिन्छ ।

Advertisement

दुर्गेश थापाको तीज गीत ‘माछोमाछो भ्यागुतो यसपालीको तीज’ बोलमा उनीहरु नाचिरहेको भिडिओ सार्वजनिक भएको छ ।

संक्रमितहरु निष्फ्रिकी नाचमा सहभागी भएको भिडिओ आइसोलेसनमा उपचाररत १ संक्रमितकै फेसबुकबाट सार्वजनिक भएको हो ।

भिडिओ हेरेर अधिकांशले संक्रमितहरुको उच्च मनोबलले छिटै निको हुने भन्दै प्रशंसा गरेका छन् । उक्त आइसाेलेसनमा २२ जना उपचाररत छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे पछिल्लाे अपडेट अनुसार प्रदेशमा १ हजार ७ सय ३ संक्रमितकाे संख्या पुगेकाे छ । प्रदेशभर १ हजार ५ सय २१ जना निकाे भएका छन् । कास्कीमा मात्र २ सय ८ संक्रमित मध्ये १ सय ४५ निकाे भएका छन् ।

तपाईको प्रतिक्रिया