वडा नम्बर १६ मा ४ सहित पाेखरामा थप ५ जनामा काेराेना

समाधान संवाददाता २०७७ साउन ३२ गते ७:२६
x]lnsK6/af6 z'qmaf/ b]lvPsf] kf]v/f ;x/sf] b[Zo . tl:a/ M k|bLk/fh jGt, /f;;

समाधान संवाददाता

Advertisement

पाेखरा महानगर पालिकाकाे वडा नम्बर १६मा ४ जना सहित आइतबार बिहानै पोखरामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१६ नम्बर वडाका २ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । त्यस्तै पाेखरा महानगर पालिका वडा नम्बर ५ कि १ महिलामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

वडा नम्बर ५ कि ३३  वर्षीया महिलाका काेराेना भाइरसकाे रिपाेर्ट पाेजिटिभ आएकाे जानकारी दिएकाे निर्देशनालयले वडा नं. १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा  कोरोना भाइरस देखिएको बताएकाे छ ।

त्यस्तै तनहुँ भानु – ४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ  ।

Advertisement

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९ पुगेको छ ।

तपाईको प्रतिक्रिया