पाेखरामा फेरि ५ संक्रमित थपिए

समाधान संवाददाता २०७७ साउन ३२ गते १२:०५

समाधान संवाददाता

Advertisement

पाेखरामा आइतबार १२ नबज्दै १० जना काेराेना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले १० बजे तिर फेरि थप ५ जनाकाे परिक्षण नतिजा पाेजेटिभ आएकाे जानकारी दिएकाे छ ।

नयाँ थपिएका मध्ये २ जना पोखरा महानगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् । ५१ र ५२ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

त्यस्तै वडा नम्बर २६ मा ५३ वर्षीय १ पुरुष, वडा नम्बर २८ मा ३८ वर्षीय पुरुष र वडा नम्बर ३२ मा ८६ वर्षीय महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी प्रदेश निर्देशनालयले दिएकाे छ ।

पोखरामा आज बिहान समेत ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । वडा नम्बर १६ मा ४ र वडा नम्बर ५ मा १ जनामा काेराेना भाइरस पुष्टि भएकाे थियाे ।

Advertisement

यसैगरी तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ का २ महिला र २ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया